सीप

केही दिन , महिना अनि हेर्दा हेर्दै वर्ष नै पो बितेछ घर छोडेको पनि। एक वर्ष अगाडि राति समान प्याक गर्दै गर्दा , मामु ले केहि बिर्सिस की नानी फेरि झोला हेर भन्दा "तिम्रो माया पनि हालिदेउन "भन्न सकिन। भोलिपल्ट झिसमिसेमै गाडी चढे। बाबाले राम्रो सँग जानु , खाजा खानु, गाह्रो परे ड्राइभर अंकल लाई भन्नु भन्दै गर्दा गाडी सरर गुड्यो । मेरा आँखाबाट आँशु तप्प भये। धन्न साँझ त्यो कसैले देखेन। यसरी आँशु लुकाउन त कत्ति सिपालु भएकाे छु। सीप नै सीप ले भरिँदै छु। जै लामो छ बाटो, हेरौँ जै कति सीप छरिएका छन्।हिन्दै जान्छु बटुल्दै, नियाल्दै जान्छु छरिएका सीपहरु।


Comments

Popular Posts