रेडियो र चिया


रेडियो सुन्दै तातो चिया सुरुप्प पार्दा, घरमा हुँदा एकदुई जना छिमेकी सहित बाबा आमा सँग आँगनमा बसी गफ गरेको खुब याद आउँछ। साना साना कुराले पनि धेरै खुसी दिन्छन्।

"ए नानी जा त गएर अरु कुर्सी र मुडा लेर आइज, बडालाई बस्न दिउँ" भन्दै आमाले भान्साबाट चिच्याउदा " हवस् लयाए " भन्दै हाथ भरी सकी नसकी ल्याएर दिन्थें।  मुडा दिँदै गर्दा  बाबाहरुले गरेका राजनीतिका कुरा तिर कहिले काँही निकै चाख लाग्थ्यो । छेऊमै बसि  सुन्थेँ । चुटकिला, चिया, रेडियो, राजनीति र रमाइलोका साथ मेरो बिहानी सुरु हुन्थ्यो। तर अहिले म सहरको पाहुना भएँ।

Comments

Post a Comment

Popular Posts