जान नसकेको बाटो
बसमा हुँदा कानमा इएरफोन लगाउँछु ताकि त्यो हल्ला स्वरले मेरो मोड आजै खराब नगरोस्। गीत सुन्दै डेरा फर्कदै गर्दा त्यो भीड बसमा मान्छेको चेपबाट हेर्दा कोटेश्वर आइपुगेको हुन्छ ।
"गोली सिसाको ,मेरो माया किन रिसाको " जस्ता रमाइला लाग्ने र कतिपयले गहिरो भावना बोकेको सायरी देख्छु।
एकदिनको कुरा मैले भाग्यवश झ्यालको सिट पाएको थिएँ। त्यो सिट सहचालक दाजु उभिने तर्फ थियो। कोटेश्वरकाे चोकमा झ्याल बाहिर हेर्दा ,लगभग २ ब काे बच्चा र साथ मा आफ्नो सानो पेट पाल्ने भाँडो , जहाँ उनी पानी , जुस , अलिअलि किरानाका सामानलाई लिएर रोड साइडमा बसेकी थिइन्। बच्चो खुर्र दगुरेर सडक तर्फ गयो । भीड एकदम थियो बाटो मा गाडी हरु तेज तेज ले गुडिरहेका थिए । बच्चो कुद्दा कुद्दै खिर्र सिटी बज्यो ,महानगर प्रहरी हाथमा लौरा बोकी रोड साइड मा दोकान राख्नेको समान जफत गर्न आएका रहेछन्। ती आमालाई अापत पर्यो बच्चो जोगाउन दगुर्ने या पेट जोगाउन समान लिएर दगुर्ने।
म मेरो घाँटी तन्काएर, मेरो आँखा ले भ्याए सम्म हेरिरहें। मेरो बस निकै पर पुगिसकेको थियो । मैले हेरी सक्नै नपाई अर्को बस आएर छेलिदियो।
मैले ती आमाले आफ्नो बच्चालाई च्याप्प समाएर अङ्गालो मात्र हालेको देख्न पाएकी भये मलाई मेरी आमाको न्यासरो मेटिने थियो होला। सायद त्यो दिन हामी दुवैजना निदाएनौँ , ती आमा भोलि बच्चोलाई के खुवाउने भन्नी पिरमा अनि म त्यसपछि के भयो होला भन्ने उत्सुकतामा।
यही हुँदाहुँदै जडिबुटी आइपुग्छ , आफूलाई अगाडिको कुराबाट भुलाउन दायाँ तर्फ हेरेँ। एका तिर मेरो घर ,मेरो गाउँजाने बाटो , एकातिर मेरो अँध्यारो ,एक्लो डेरा जाने बाटो।
मेरो मन निकै आत्तिन्छ त्यहाँ आइपुग्दा । थाहा त छ घर पुग्न म
लाई १२ घण्टा लाग्छ तर मेरी आमा ,मेरो बाबा र मेरी बहिनी जहाँ हुनुन्छ त्यहाँ पुग्न मलाई यही सीधा बाटो जानुपर्छ।
तर अफसोस मेरा सपनाका बाटा बायाँ तिर छन्। हो यो सपना मैले नै आफैँ रोजेकी हुँ। मेरो उडान भर्न मैले मेरो सपनाको बाटो जानुपर्छ । म ओर्लिएर निस्किन मिल्दैन। मैले मेरो सपना बिर्सिन मिल्दैन। तर यो तीन तर्फ जाने (जडिबुटी चोक) काे बाटोले दिनमा दुई पटक मेरो खुट्टा र मन अठ्याउँछ।
Such an amazing story. Full of emotions and feelings. Hope to read more of these 😍
ReplyDelete❤️
ReplyDeletemaaja aayo padera.. keep it up yr.
ReplyDeleteWow 😛❤️
ReplyDeleteमन र मष्तिश्कको लडाई...
ReplyDelete